नागरिकता विधेयक पारित गर्न बोलाइएको संसद् बैठक जारी
बिहीबार, ०२ भदौ २०७९, ११ : ५८
संघीय संसद प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा जारी बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्मा नै फिर्ता गरेको नागरिकता विधेयक पारित गर्ने तयारी गरेको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको आजको अन्तिम कार्यसूचीमा नागरिकता विधेयक पारित गर्ने उल्लेख छ ।
संसद्ले यसअघि विधेयक प्रमाणीकरणका लागि पठाए पनि राष्ट्रपतिले संवैधानिक अधिकार प्रयोग गर्दै नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन् । यद्यपि, संसद्ले उक्त विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन सक्ने संवैधानिक प्रावधान छ । सोही अधिकार संसद्ले प्रयोग गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण