फ्राइडे रिलिज : भिड्दै एकसाथ तीन फिल्म
आज शुक्रबारबाट एकसाथ तीन फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘कृष्ण लीला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ । तीनै फिल्म एक अर्काेसँग प्रतिस्पर्धा गर्दै देशभर प्रदर्शनमा आएको हो । यी मध्ये दुई फिल्म ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ प्रेमकथामा बनेको फिल्म हो भने ‘माइकल अधिकारी’ सेरोगेसी कथामा निर्माण भएको हो । यी तीनै फिल्म ठुलो आस गरिएका फिल्म हुन् ।
कृष्ण लीला
दीपक वलीको निर्देशन रहेको ‘कृष्ण–लीला’ आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठको निर्माणमा बनेको हो । पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ मुख्य भूमिका छ । रंगपत्रकार लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मले अटिजम पीडित युवकको जीवनमा आउने उतार–चढावको कथा भन्छ ।
माइकल अधिकारी

सेरोगेसीको कथामा बनेको रञ्जित रौनियार निर्देशित ‘माइकल अधिकारी’ गोपीकृष्ण मुभिजको प्रस्तुतिमा उद्धव पौडेलले निर्माण गरेका हुन् । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दीलिप बोहरालगायतको मुख्य अभिनय छ ।
प्रेमगञ्ज

अभिनेत्री बेनिशा हमाल र तेज गिरीको मुख्य भूमिका रहेको ‘प्रेमगञ्ज’ परिच्छेद सेनको निर्देशनमा बनेको हो । निर्देशककै लेखन रहेको फिल्मलाई किरण गुरागाईँ, रेश्मा थापा, राजेश सुवाल, गणेश भण्डारी लगायतले निर्माण गरेका हुन् । फिल्ममा बेनिशा र तेजको अलवा सम्पदा बाँनिया, राइडर प्रशन, सुप्रिया खनाल र सिम्रन खड्काको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण