काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक
नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् ।
उनलाई भेटेपछि ट्वीटरमा निधिले लेखका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !’ शुक्रबार उनले ट्वीटरमा लेखेका छन् ।
गिरिको साउन दोस्रो सातादेखि उपचार हुँदै आएपनि अवस्था सुधार हुन नसकेको हो। गिरि घाँटीको क्यान्सरबाट पीडित छन् । साथै उनमा निमोनिया पनि देखिएको अस्पताल स्रोतले जनाएको छ। गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण