बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक

शुक्रबार, ०३ भदौ २०७९, १८ : ४५
शुक्रबार, ०३ भदौ २०७९

नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको  ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् । 

उनलाई भेटेपछि ट्वीटरमा निधिले लेखका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरिलाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कँदै छु। स्तब्ध र निरीह छु। ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु – सबैले प्रार्थना गरौं !’ शुक्रबार उनले ट्वीटरमा लेखेका छन् । 

गिरिको साउन दोस्रो सातादेखि उपचार हुँदै आएपनि अवस्था सुधार हुन नसकेको हो।  गिरि घाँटीको क्यान्सरबाट पीडित छन् । साथै उनमा निमोनिया पनि देखिएको अस्पताल स्रोतले जनाएको छ। गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप