सभामुख सापकोटाद्वारा सांसद प्रदीप गिरिको स्वास्थ्य लाभको कामना
शुक्रबार, ०३ भदौ २०७९, २० : ३३
सभामुख अग्नि सापकोटाले नेपाली काँग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य लाभको कामना गरेका छन् । बिहीबार साँझ अस्पताल पुगेर सभामुख सापकोटाले लामो समयदेखि अस्पतालमा उपचाररत गिरिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्
‘प्रतिनिधिसभाका माननीय सदस्य एवं विद्वान समाजवादी चिन्तक प्रदीप गिरीको स्वास्थ्यमा लामो समयदेखि समस्या भएको जानकारी थियो । हिजो साँझ अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे थप जानकारी लिएँ । सघन उपचारमा रहनु भएका माननीय गिरीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’ उनले भने ।
गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । गतवर्ष उनलाई घाँटीमा क्यान्सर भएपछि भारतको मुम्बईमा उपचार गरिएका गिरी पछिल्लो समय घरमै आराम गरिरहेका थिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब्राहम सम्झौतामा सहभागी भए मात्रै साउदी–अमेरिका आणविक सम्झौता लागू हुने
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण