प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रचण्ड
शनिबार, ०४ भदौ २०७९, ०९ : १३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको स्वास्थ्य अवस्था बुझ्न ललितपुरस्थित मेडिसिटी अस्पतालमा पुगेका छन् ।
सो अवसरमा चिकित्सकहरुले गिरीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए । गिरीलाई भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउन नसकेको चिकित्सकले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि एक साताभन्दा लामो समयदेखि गिरी ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारत छन्। उनी घाँटीको क्यान्सरसम्‍बन्धी समस्याबाट पीडित छन्। पछिल्लो केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
-
तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
-
केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान
-
ऊर्जा उद्यमीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
-
‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण