मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कीर्तिमानी आरोही शेर्पालाई नेपालमा भव्य स्वागत  (फोटोफिचर)

शनिबार, ०४ भदौ २०७९, ११ : १०
शनिबार, ०४ भदौ २०७९

आठ हजार मिटरभन्दा माथिका १४ वटा शिखरको दोस्रो पटक सफल आरोहण गरि नेपाल फर्किएका कीर्तिमानी आरोही सानु शेर्पालाई भव्य स्वागत गरिएको छ। शेर्पाले नेपाल, पाकिस्तान र चीनमा पर्ने ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल दोहोर्‍याएर आरोहण गर्ने विश्वको एकमात्र आरोहीको रेकर्ड बनाएका छन् ।

यसअघि उनले सन् २०१९ मा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण गरेर कीर्तिमान बनाएका थिए। उनको स्वागतको लागि संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पर्वतारोहण सम्बन्धी विभिन्न संघ संस्थाका प्रतिनिधिहरू त्रिभूवन विमानस्थल पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप