सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गिरिको निधनमा भदौ ७ सम्म कांग्रेसका सबै कार्यक्रम स्थगित

आइतबार, ०५ भदौ २०७९, १२ : ५१
आइतबार, ०५ भदौ २०७९

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएपछि आइतबार नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समितिको बैठक बसेको छ । पार्टी कार्यालयमा बसेको बैठकले गिरिको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । 

बैठकपछि जारी वक्तव्यमा काँग्रेसले भनेको छ, ‘सबै किसिमका निरंकुशता विरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र सांगठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो । उहाँ नेपाली कांग्रेस पार्टीमा मात्रै नभएर सारा नेपाली र विदेशी राजनीतिक समकक्षी बीच पनि अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । महान दार्शनिक नेता प्रदिप गिरीको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको छ ।’

बैठकले गिरीप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम तय गरेको छ । जसअनुसार भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरूमा झण्डा आधा झुकाउने तथा शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रम स्थगित गर्ने तय गरेको छ । 

यस्तै भदौ ६ गते सोमबारका दिन १३ औं दिन (भदौ १६) सम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने  तथा केन्द्र र सबै जिल्लाहरुमा शोक सभाको आयोजना गर्ने काँग्रेसले निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप