आईआईएफटी र सिभिल बैंकबीच छात्रवृत्ति सम्झौता
इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्लोलोजी (आईआईएफटी) र सिभिल बैंक लिमिटेडबीच छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिभिल बैंकमा खाता हुने ग्राहकहरुले आईआईएफटीमा फेसन डिजाइनिङ र इन्टेरियर डिजानिङ सिक्न चाहनेले अधितम १५ प्रतिशत छुट पाउनेछन् ।
उक्त सम्झौतामा आईआईएफटीका तर्फबाट प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पा तथा निर्देशक विपना थापा र सिभिल बैंकको तर्फबाट सिभिल बैंक बागमती प्रदेश प्रमुख सुरज दाहाल तथा बाङ्गेमुडा शाखा प्रमुख रजल बज्रचार्यले हस्ताक्षर गरेका छन् । कमलादीको हेरिटेज प्लाजास्थित आईआईएफटीको कार्यलय एक कार्यक्रमबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतापछि आईआईएफटीका प्रबन्धक निर्देशक फूपु तेन्जिङ शेर्पाले आईआईएफटीको अफिसियल बैंक सिभिल बैंक रहने बताए । उक्त सम्झौताले विशेषगरी आईआईएफटीमा फेसन डिजाइनिङ सिक्न चाहनेहरु लाभान्वित हुने बैंक र आईआईएफटीको भनाइ छ ।
आईआईएफटीले पछिल्लो केही वर्षयता फेसन डिजाइनिङ बन्न चाहनेहरुका इच्छा पूर्ति गर्दै आएको छ । काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा आईआईएफटी सञ्चालनमा रहेको छ । अहिलेसम्म आईआईआएफटीबाट सयौँको संख्यामा फेसन डिजाइनर उत्पादन भ्यसकेका छन् । साथै, पछिल्लो समय आईआईएफटीले इन्टेयर डिजाइनिङको पनि कोर्ष सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण