काठमाडौंको थापागाउँमा नेपाल यातायात तोडफोड
मङ्गलबार, ०७ भदौ २०७९, ११ : २४

काठमाडौंको थापा गाउँमा नेपाल यातायात तोडफोड गरिएको छ । अनामनगरबाट बानेश्वर जाँदै गरेको बा। ४ ख ९०८९ नम्बरको बस बन्दकर्ताले तोडफोड गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा बसको पछाडिको भागमा क्षति पुगेको छ । आफ्ना नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विप्लव नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको आयोजना गरेको हो ।
बन्दकर्ताले कोटेश्वरमा एउटा माइक्रो र एउटा बस पनि तोडफोड गरेका छन् । सार्वजनिक सवारी तोडफोड गर्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने
-
एरिका र राजन उत्कृष्ट खेलाडी, बस्नेत र मानन्धरलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड