स्विमसुटमा ‘मिस यूनिभर्स नेपाल’ का सुन्दरी, आश्माले जितिन् ‘मिस मार्टिनी सन एन्जल’ उपाधि
‘मिस यूनिभर्स नेपाल २०२२’ को फाइनल स्पर्धा बिहिबार बेलुकी काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगितामा २० सुन्दरी भिड्दैछन् ।
आयोजकले सोमबार साँझ ‘मिस मार्टिनी सन एन्जल’ नामक विधाका लागि र्याम्प शो गरेको थियो । सो अवसरमा २० सुन्दरीले २ फरक पहिरनमा र्याम्प नापेका थिए । सुरुवातमा कक्टेल पहिरनमा र्याम्पमा उत्रिएका उनीहरु दोश्रो सिक्वेन्समा स्विम सुट लगाएर हिडेँका थिए ।
मिस यूनिभर्स नेपालकी केन्द्रिय निर्देशक नग्मा श्रेष्ठ, मोडल आस्था पोखरेल, डिजाइनर तेन्जिङ भुटिया र पूर्व मिस नेपाल इशानी श्रेष्ठ ‘मिस मार्टिनी सन एन्जल’ को निर्णायक रहेका थिए । यो विधामा आश्मा केसीले अवार्ड प्राप्त गरिन् । आश्मालाई तेन्जिङले गिफ्ट ह्याम्पर प्रदान गरे । यसपटकको ‘मिस यूनिभर्स नेपाल’मा तेश्रो लिङ्गीहरुको प्रतिनिधीत्व गर्दै अनु अनमोलले सहभागिता जनाएका छन् । उनले आफ्ना समुदायलाई हेर्ने धेरै मानिसको दृष्टिकोण परिवर्तन हुन नसकेको भन्दै ‘मिस यूनिभर्स नेपाल’को स्टेजबाट आफूले सन्देश दिन चाहेको बताएकी छिन् ।
‘मिस मार्टिनी सन एन्जल’ विजेता आश्माले आफूले समाजका लागि केही काम गर्न चाहेको र यो विश्व चर्चित सौन्दर्य प्रतियोगितामा आएर आफ्नो आवाजलाई अझै बुलन्द बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण