केकीले भनिन्– नाम र कागजपत्र दुरुपयोग गर्नेलाई कडा कारवाही होस्
अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारवाही अगाडि बढाउने बताएकी छन् । उनले ‘तिम्रो नजर’ फिल्म निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाएकी छन् ।
‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’ सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको समेत उनले स्पष्ट परेकी छन् । बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायाङ्कनका लागि अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देलले दिएको भिसा आवेदनमा नक्कली कागजपत्र पेश गरेको भन्ने बिषयमा समाचार प्रकाशन भएपनि केकीले सामाजिक सञ्जालमार्फत सबैको ध्यानाकर्षण समेत गराएकी छन् ।
‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु बर्ड एच डी ’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचारप्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’, केकीले अगाडि लेखेकी छन् ‘मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनैपनि नामको चलचित्रमा सम्झौता गरेकी छैन । र यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन ।’
उनले आफ्नो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरि गैरकानूनी कृयाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारवाही गर्न सम्बन्धित निकायलाई निवेदन समेत गरेकी छन् ।
फिल्म छायाङ्कनका लागि १४ जना कलाकारसहितको भिसा आवेदन परेपछि नर्वेजियन दूतावासले पर्यटन बोर्डसँग सम्पर्क गरेको थियो । तर, बोर्डले कुनै पनि नेपाली फिल्मको सुटिङको लागि नर्वेसँग अनुमति नमागेको जानकारी गराएपछि नक्कली कागजपत्र पेस भएको खुलेको हो । नक्कली लेटरप्याडमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकारी धनञ्जय रेग्मीको हस्ताक्षर प्रयोग भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण