टुबोर्ग ओपन २०२२ मा भेकलाई डेरुलोसँग मेन्टरशिपको अवसर
विगत ५ वर्षदेखि टुबोर्गले टुबोर्ग ओपेन अभियानमार्फत निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूसँग सहकार्य गर्दै आइरहेको छ । टुबोर्गले नेपालमा मात्र नभई भारत, चीन, टर्की, सेर्बिया लगायत अन्य देशहरुमा पनि टुबोर्ग ओपेन क्याम्पेनद्वारा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारलाई जोडेर नयाँ संगीत सृजना गर्दै आइरहेको छ ।
टुबोर्ग ओपेन अभियान नेपालमा यो पाँचौँ पटक हुनेछ । टुबोर्ग ओपेनको हरेक वर्ष एउटा मुख्य थिम हुन्छ । यो वर्षको थिम भने ‘टेक द स्टेज’ छ जसमा अन्तर्राष्ट्रिय विश्व प्रख्यात कलाकारले उदाउँदो स्वदेशी कलाकारलाई मेन्टरशीप प्रदान गरी उनीहरूलाई संगीतको मूल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन गरेका छन् ।
टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । उनीसँगै जोडिएका छन् नेपालका उदीयमान कलाकार भेक । जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो ।
भेक नेपाली साङ्गीतिक आकाशमा पछिल्लो पुस्ताका उदीयमान लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन् । गत महिना जसेन डेरुलोसँग अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को एर्मजिङ्ग कलाकार भेकले मेन्टरशिप प्राप्त गरी नेपाल फर्किसकेका छन् । यो वर्षको लागि भेकले आफ्नो मेन्टरशिपद्वारा सिकेका ज्ञानहरूले एउटा नयाँ गीत बनाउन गइरहेका छन् जुन आउँदो केही महिनामा बजारमा सर्वत्र उपलब्ध हुनेछ ।
गोर्खा ब्रिउरीका मर्केटिङ्ग डाइरेक्टर आशिष बिस्ट भन्छन्, ‘टुबोर्ग र संगीतको नाता नेपाली सांगीतिक क्षेत्र मा एकदम गहिरो छ । गत कैयौँ वर्षदेखि यो अटुट सम्बन्ध अझै पनि कायम छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण