‘प्रकाश’ लाई रेड कार्पेट, प्रिमियरमा सकारात्मक प्रतिक्रिया
अगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रकाश’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ । बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियरमा रंग पत्रकर र फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्मको कथावस्तुले मन छोएको प्रतिक्रिया दिए । सोही प्रिमियरमा कतिले फिल्मको निर्माण पक्ष राम्रो बताउँदा कतिले भने कलाकारको अभिनयको तारिफ गरे ।
प्रिमियरमा फिल्मका कलाकार प्रदीप खड्का, दीया मास्केको अलवा आर्यन सिग्देल, रिस्ता बस्नेत, लक्ष्मी बर्देवा, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, कृष्ण मल्ल लगायतको उपस्थिति रहेको थियो । फिल्मको पहिलो प्रिमियर गत ५ गते जुम्लामा गरिएको थियो । सो समयमा पनि दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । जुम्लाको तिर्खु गाँउमा छायाँकन भएको फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् ।
जुम्लाको भाषा, संस्कृति, रहन सहन, रीतिरिवाजका माध्यमबाट कथा भनिएको फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथामा बताएको छ । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।
राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण