प्याराग्लाइडिङमार्फत एल्बम विमोचन गरि विश्व कीर्तिमान
वरिष्ठ गीतकार हरि गोपाल प्रधान र डा. सरिशा श्रेष्ठ (मिस अर्थ २०२२) ले सराङकोट, पोखरामा प्याराग्लाइडिङ गरी आफ्नो साङ्गीतिक एल्बम “सरर बग्यो हावा सरर” विमोचन गरि विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । गत बैशाख २८ गते एल्बम विमोचन गरिएको भए पनि बिहीबार मात्र वर्ल्ड बुक अफ रेकर्डले मान्यता दिएको हो ।
आकाश माथि १९०० मिटरको उचाइमा” पोष्टर तथा म्यूजिक भिडियोका गीतका रचनाकार हरि गोपाल प्रधान, नायिका डा. सरिशा श्रेष्ठ लगायत गायक तथा नायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान, ज्येष्ठ नागरिक अभियन्ता आरती पौडेलले एकै साथ आकाशमा उक्त गीतको विमोचन गरि विश्व कीर्तिमान राख्न सफल भएका हुन् । वर्ल्ड बुक अफ रेकर्डको तर्फबाट नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालको उपस्थितिमा उक्त कीर्तिमानको विधिवत प्रयास सम्पन्न भएको थियो ।
महाराज कुमार साहिव लक्ष्यराजजि सिंह मेवार, उदयपुर, डा. किरण वेदी (भारतको प्रथम महिला आइपीएस), विलहेम जेज्लर (प्रमुख, वल्र्ड बुक अफ रेकर्डस्, युरोप), सन्तोष शुक्ला, प्रमुख कार्यकारी अधिकृत, वर्ल्ड बुक अफ रेकर्डस्, सागर कट्वाल, अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्डस्, नेपाल च्याप्टरको संयुक्त रुपमा विश्व कीर्तिमानी वरिष्ठ गीतकार हरि गोपाल प्रधान र नायिका डा. सरिशा श्रेष्ठलाई भारतको इन्दौरस्थित जे डब्लू मेरिएट होटलमा आयोजित समारोहबीच वर्ल्ड बुक अफ रेकर्डस्, विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण भएको थियो ।
उक्त साङ्गीतिक एल्बममा हिपहप किङ्ग नायक तथा गायक निर्णय श्रेष्ठ, गायिका सुवानी मोक्तान र नायिका डा. सरिशा श्रेष्ठ, सिनोमटोग्राफरऔसम्पादक सोहन मानन्धर तथा कोरियोग्राफी डाइरेक्सन आराध्यलक्ष्मी खड्गी रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण