११ भदौबाट ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने
११ भदौबाट अल नेपाल ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ आयोजना हुने भएको छ । डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको आयोजना रहेको टुर बिर्तामोडबाट सुरु हुँदैछ । बिर्तामोडपछि विराटनगर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल हुँदै काठमाडाैंका विभिन्न कलेजहरुमा ‘स्ड्याण्ड अप कमेडी टुर कलेज तिर’ टुर आयोजना हुने कार्यक्रम संयोजक सरोज लम्सालले जानकारी दिए ।
टुरमा कमेडी च्याम्पियन विजेता हिमेस पन्त, झापाली कमेडियन भनेर चर्चित सरोज भन्डारी, डोरेस खतिवडा , सुजन जिम्बा लगायतका कमेडियनहरुको सहभागिता रहनेछ । पहिलोपटक यसरी आयोजना हुन लागेको टुरमा दर्शकको उत्साहजनक सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ ।
दर्शकले ४ फरक कमेडी गर्ने कमेडियनका प्रस्तुति टुरमा हेर्न पाउनेछन् । कमेडी च्याम्पियन जिते पछि आफ्नो पहिलो टुर भएको हुनाले आफू पनि निकै उत्साही भएको हिमेस पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण