बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेशनल किड्स अफ द इयरका प्रतियोगीले देखाए ट्यालेन्ट

बिहीबार, ०९ भदौ २०७९, १९ : ३६
बिहीबार, ०९ भदौ २०७९

दोश्रो नेशनल किड्स अफ द इयर २०२२ का प्रतियोगीहरुले आफूमा रेहको ट्यालेन्ट देखाएका छन् । काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा सिनियर र जुनियर प्रतिस्पर्धीहरुले नृत्य, गायन, कविता बाचन, चित्रकला, अभिनयजस्ता विविध कला प्रस्तुत गरे । 

ट्यालेन्ट शोको निर्णायकमा नेपालका राष्ट्रिय फुटबल खेलाडी हरि खड्का, कलाकार बीरेन्द्र हमाल, अभिनेत्री एनी कुँवर, अभिनेता गजित बिष्ट, उधमी खुसी पाठकलगायत थिए । इभेन्ट बेटर ग्यालेक्सीको आयोजनामा हुँदै गरेको यो प्रतियोगिताको फाइनलमा ४४ जना प्रतिस्पर्धी रहेको छन् । स्वस्तिका राजभण्डारीको कोरियोग्राफीमा अहिले प्रतिस्पर्धीहरु विभिन्न प्रशिक्षणहरु लिइरहेका छन् । 

प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई सोफिया महर्जन कार्कीले पब्लिक स्पिच, बरिष्ट कलाकार बीरेन्द्र हमालले बडी ल्याङ्ग्वेज र अभिनय, लिजा श्रेष्ठले डान्सको प्रशिक्षण दिइरहेका छन् । आयोजक संस्था इभेन्ट बेटर ग्यालेक्सीका अध्यक्ष धिरज तण्डुकारका अनुसार कोरोनाको महामारीपछि बालबालिकाहरुको व्यक्तित्व विकाश र उनीहरुको प्रतिभा प्रस्तुतिका लागि यो प्रतियोगिता आयोजना गरिएको हो । 

नेशनल किड्स अफ द इयरको चयन आगामी २५ भदौमा काठमाडौंको थापाथली स्थित ब्लुबर्डको फायरिङ प्यानमा भव्य समारोहबीच हुने भएको छ । सिनियर र जुनियर गरेर यो प्रतियोगितामा ४ जना बिजेता चयन हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप