सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’
बिहीबार, ०९ भदौ २०७९, २१ : ०२
‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।
उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा मोनालिसा पराजुली फोर्थ रनरअप, सेफिना जोशी थर्ड रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, विपना फस्ट रनरअप घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण