मिस ग्राण्ड नेपालको घोषणा
मिस ग्राण्ड नेपाल २०२२ को १० औं संस्करण हुने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले १० औं संस्करण हुने जानकारी दिएको हो । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दशौं संस्करण हो । यसपटक भने कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
यस पटकको मिस ग्राण्ड नेपाल हिंसा र युद्ध रोकौँ भन्ने मुल नारासहित सञ्चालन हुँदैछ । सहभागी हुन चाहनेले भदौ ११ गतेबाट अडिसन दिनुपर्ने र १३ गते छनोट हुने आयोजकले बताएको छ । १४ गते ओरिन्टियसन गराइने र भदौ २५ गते काठमाडौंस्थित एक होटलमा ग्राण्ड फिनाले हुने जनाएकाे छ । प्रतियोगितामा सहभागी युवतीहरू १८ देखि २८ वर्ष उमेर समूहको हुनुपर्ने र यसमा देशभरका युवतीहरू सहभागी बन्न पाउनेछन् ।
सहभागी युवतीको उचाई ५ः ४ इन्च हुनुपर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै अभिनेता अनुपविक्रम साहीले प्रतियोगिताको निष्पक्ष निर्णय गर्ने बताए । त्यस्तै र्यापर आशिष राना (लाहुरे)ले गीत गाइरहेको भएपनि अब नयाँ क्षेत्रमा प्रवेश गरेर उत्कृष्टता प्रदान गर्ने लक्ष्य लिएको बताए ।
मिस ग्राण्डमा प्रथम हुने युवतीले इण्डोनेशियाको बाली र जाकार्तामा हुने कार्यक्रममा अक्टोबर ४ देखि २५ सम्म सहभागी बन्न पाउनेछन् । युवतीको शैक्षिक योग्यता प्लस टू पास हुनुपर्नेछ । प्रतियोगिताले युवतीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण