अज्ञात रोगले हुम्लामा ६० पशु मरे
हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।
यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताए । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् ।
गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गरे । “पशु मरेर सकिन थालिसके, खर्कबाट खाली हात घर जानुपर्ने भइसक्यो तर कर्मचारी र जनप्रतिनिधिको ध्यान पुगेको छैन”, उनले भने ।
ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले भने खोप लगाउने काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण