किन बोलेनन् आर्यन र नम्रता ?
आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी एक समय दर्शकले राम्रो रुचाएको जोडी हो । प्रेमकथाको फिल्ममा राम्रो रुचाइएको यो जोडीको पहिलो सहकार्य ‘मेरो एउटा साथी छ’ मा भएको थियो । त्यसपछि ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ मा पनि एकसाथ देखिएर दर्शकको मन जित्न सफल भए ।
दर्शकले रुचाएको यो जोडीलाई दर्शकले ‘क्लासिक’ पछि भने एकसाथ देख्न पाएका छैनन् । निर्देशक दिनेश राउतले ‘क्लासिक’ पछि एक फिल्ममा दुबैलाई लिने तयारी गरेका थिए । तर विभिन्न कारणले त्यो सम्भव हुन सकेन ।
अझै दर्शक दुबैलाई हेर्न इच्छुक छन् । तर, त्यो सम्भावना न्युन भएको बताइन्छ । किनभने पछिल्लो समय आर्यन र नम्रताको सम्बन्ध राम्रो नभएको बताइन्छ । जसलाई आयोजित फिल्म ‘प्रकाश’ को प्रिमियरले पनि बल पुर्याएको छ ।
बुधबार बिग मुभिजमा आयोजित प्रिमियरमा आर्यन र नम्रता एक अर्काेसँग बोलेनन् । निर्देशक दिनेश राउतले फिल्मको ब्यानर अगाडि नम्रता र आर्यनलाई लिएरसँगै फोटो खिचेका थिए । शो क्रममा पनि दुबैले एकअर्काेलाई चिनेजस्तो समेत गरेनन् । आर्यन र नम्रता निर्देशक राउतलाई फिल्मको शुभकामना दिन हलमा पुगेको थिए ।
दिनेशले एकातिर आर्यन र अर्कोतिर नम्रतालाई राखेर तस्विर खिचाए । त्यसपछि मिडियाकर्मीले तस्विरका लागि आर्यन र नम्रतालाई एकसाथ उभिन आग्रह गरे । दुबैले तर्किन खोज्दा खोज्दै निर्देशक राउतलेसँगै उभ्याए । दुबैले सँगै तस्बिर त खिचे । तर, एकअर्काको अनुहारसम्म पनि हेरेनन् ।
‘प्रकाश’ हेरेपछि नम्रतासहित अधिकांश फिल्मकर्मीले मिडियामा आफ्नो धारणा राखेका थिए । तर, आर्यन भने लुसुक्क निस्किए । प्रिमियरमा आर्यन श्रीमतीसँग पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण