एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफलको निष्कर्ष सुनाइने
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आज पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह बनाइएको छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ ।
हिजोको बैठकमा अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केशव बडालले केन्द्रीय अनुशासन आयोगको, पुष्प कँडेलले लेखा आयोगको र विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । यसैगरी, उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखापरेका समस्याहरु छानबिनका लागि बैठकलाई जानकारी गराएका थिए।
बैठक आज बिहान १०:३० बजे सुरु हुने केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
-
आज सुनको मूल्य प्रतितोला १२ सयले घट्यो
-
नाइजेरियाको बेनु राज्यमा बन्दुकधारीको आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
-
सुरक्षा घेराभित्र लुकेर हिँड्ने अनधिकृत पात्रहरूको आतङ्क बढ्यो : निश्कल राई
-
विशेष अदालतमा मुद्दा दायर भइसकेको राहदानी प्रकरणलाई धेरै नगिजोल्न रास्वपाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण