बुबाहरूप्रति समर्पित गीत ‘बा आकाश हुन्’ सार्वजनिक
शनिबार, ११ भदौ २०७९, ०७ : ५८
समस्त बुबाहरूलाई समर्पित गर्दै गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ बोलको गीत सार्वजनिक गरेका छन् । सन्देश श्रेष्ठको संगीतमा तयार भएको गीतमा शब्द तुलसी बस्नेतको छ ।
गीतको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन् भने भिडियो गायक स्वयमले तयार पारेका हुन् । सुरज केसी खिचेको गीतको भिडियोलाई विष्णुहरि तिमल्सिनाले सम्पादन गरेका छन् ।
गायक गौतमले यस अघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरी लै, सधै–सधै आदि गीत रिलिज भइसकेका छन् । त्यस्तै गौतमले ‘पिँजडाको सुरक्षा’ बोलको गीतका लागि पुरूष गायनको ‘ओएस नेपाल म्युजिक अवार्ड–२०७४’ जितेका थिए ।
अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका गायक गौतम यतिबेला कृषिमा विद्यावारिधि गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण