बुटवलमा प्रचण्डको राजनीतिक प्रशिक्षण
शनिबार, ११ भदौ २०७९, ११ : ५९
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल आएका छन् ।
लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल आएका हुन् । पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । दिउसो ३ बजे पत्रकार सम्मेलन गरिने पार्टीले जनाएको छ ।
प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि बुटवल आएका छन् । बुटवलको कार्यक्रम सकेर नेताहरु आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण