राजेश हमालले किन भेटे सद्गुरु ?
आइतबार, १२ भदौ २०७९, ११ : ३९
अभिनेता राजेश हमालले भारतीय प्रख्यात योगगुरु सद्‌गुरुसँग भेट गरेका छन् । उनले सद्‌गुरुसँग हालै बेंगलोरमा भेट गरेका हुन् ।
भेटमा हमालले सद्‌गुरुसँग अन्तर्वार्ता समेत लिएको फिल्म निर्देशक तथा कलाकार दिनेश डिसीले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । राजेशले के बिषयमा कुराकानी गरेर भनेर अहिले सार्वजनिक गरिएको छैन ।
सद्‌गुरु १९ भदौमा नेपाल समेत आउन लागेका छन् । कैलाश दर्शनका लागि उनी नेपाल आउन लागेका हुन् । अघिल्लो बर्ष पनि लाप्चाबाट कैलाश दर्शन गरेका सद्‌गुरुले यो पटक एक हजार चार सय धार्मिक पर्यटकसहित नेपाल आउन लागेका हुन् ।
चीनको स्वशासित क्षेत्रमा रहेका कैलाश जानका लागि समस्या परे पछि सद्‌गुरुले हुम्लाको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्नेछन् । लाप्चा कैलाश दर्शन गर्नका लागि चर्चित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण