‘बाबरी’ पछि फेरि एकसाथ देखिँदै अदिति र धीरज
अभिनेत्री अदिति बुढाथोकी र अभिनेता धीरज मगरको अभिनय रहेको ‘बाबरी’ १४ असोजबाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रदर्शन अगाडि नै निर्माता पुष्पलता बुढाथोकी (अदितीकी आमा) ले नयाँ फिल्म घोषणा गरेकी छन् ।
शनिबार बाबुको मुख हर्ने दिनको अवसर पारेर बुढाथोकीले उनले नयाँ फिल्म घोषणा गरेकी हुन् । जसको मुख्य भुमिकामा ‘बाबरी’ जोडी अदिति र धीरज नै देखिने बताइएको छ । हाल स्क्रिप्ट लेखनको काम भइरहेको र चाँडै टाइटल घोषणा गर्ने उनले बताइन् । उक्त अनटाइटल प्रोजेक्टको लागि निर्देशक फाइनल भएका छैनन् ।
आगामी फागुनदेखि फिल्मको छायांकन सुरु हुने निर्माता बुढाथोकीले जानकारी दिइन् । फिल्मको गीत र ट्रेलरमा दर्शकहरुले अदिति र धीरजको जोडीलाई सर्वाधिक रुचाइएकाले उनीहरुलाई नै पुनः दोहोर्याउने निर्णय गरेको बुढाथोकीको भनाई रहेको छ ।
‘बाबरी’ पुष्पलताको पहिलो निर्माण हो । सुरेन्द्र पौडेलले निर्देशनमा बनेको फिल्ममा पुरानी अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजको पनि मुख्य भूमिका छ । फिल्ममा बादल भट्ट, कनकमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङ लगायतको पनि अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण