बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युट्युब कमेडियन अपूर्व सिंह पक्राउ

आइतबार, १२ भदौ २०७९, १५ : १८
आइतबार, १२ भदौ २०७९

युट्युब कमेडियन अपूर्व सिंह पक्राउ परेका छन् । जातीय टिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ गरेर उनलाई काठमाडौँ प्रहरी परिसरमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी परेको थियो, त्यहि उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले आइतबार नै आफ्नो अधिकारिक फेसबुक अकाउन्टमार्फत् आफ्नो कमेडीमार्फत् चित्त दुख्नेहरु सबैजनासँग माफी मागेका छन् । यसका साथै कमेडी गर्नु आफ्नो काम भएको पनि स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘तपाईंहरुले किन बुझिराख्नुभएको छैन कि कमेडी गर्नु मेरो काम हो । तपाईंहरु पनि केही न केही काम गर्नुहुन्छ, त्यसमा कहिलेकाँही गल्ती भइहाल्छ नि । यति बुझेर माफी किन दिनु हुन्नँ ?’

उनले थपेका छन्, ‘४ वर्षदेखि कमेडी गरिराको छु, पहिलाको भिडियो पनि हेर्नुभयो होला, हसाएकै थिएँ, कसैको चित्त त दुखाएको थिइनँ । अहिले भयो गल्ती माफी गरिदिनुस् न ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप