पशुपतिनाथको पूर्वी ढोका १४ वर्ष पछि खुल्यो
मङ्गलबार, १४ भदौ २०७९, १० : ०९

पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो ।
पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुल भट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस वर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।
पशुपतिनाथको पूर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँका दुई निजी विद्यालयमा विभागको छापा
-
सरकार उल्टो बाटो हिँडिरहेको छ, धेरै जाला जस्तो देखिएन : वर्षमान पुन
-
जनताको पक्षमा हुनेगरी संविधान संशोधन गर्नुपर्छ : प्रचण्ड
-
युवा संघमा भाँडभैलो, निर्णय सच्याउन चेतावनी
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा