‘गडफादर’ सुटिङका लागि नेपाल आउँदै सलमान र चिरञ्जीवी
दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका स्थानमा हुने जानकारी दिए । घिमिरे नेपाली मुलका हुन् ।
फिल्ममा चिरञ्जीवीको मुख्य भुमिका रहने छ, भने सलमान खानले उनको भाइको भूमिकामा अभिनय गर्नेछन् । फिल्ममा नयनताराको पनि मुख्य भुमिका रहनेछ ।
घिमिरेका अनुसार चिरञ्जीवी, सलमान र नयनतारा सहित फिल्म युनिट आगामी सेप्टेम्बरमा नेपाल आउनेछन् । फिल्मको निर्माण टिमको एक टोली नेपाल आएर केही पहिले सुटिङ गर्न चाहेको जोमसोम क्षेत्रको अवलोकन गरिसकेको छ । टिममा घिमिरे समेत रहेका थिए ।
घिमिरे ‘गडफादर’ का लाइन प्रोडुसर समेत हुन् । फिल्मका लागि चिरञ्जीवी र सलमान दुवै एकै समय नेपाल आउने घिमिरेले जनाकारी दिए । केही अगाडि चिरञ्जीवीको जन्मदिन पारेर ‘गडफादर’ को टिजर समेत सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण