एक महिनामा १ करोड ३३ लाख रुपैयाँको मह आयात
मङ्गलबार, १४ भदौ २०७९, १२ : ५९

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालले विदेशबाट १ करोड ३३ लाख रुपैयाँको मह आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार विदेशबाट ५ लाख ८० हजार किलोग्राम मह भित्रिएको हो ।
आयातकर्ताले विदेशबाट मह ल्याए बापत राज्यलाई ३४ लाख रुपैयाँ बराबरको राजस्व बुझाएको विभागले जनाएको छ । नेपालमा आयात हुने मह सबै भारतबाट आउने गरेको विभागले जनाएको छ ।
यस अवधिमा भारतबाहेक अस्ट्रेलियाबाट १ किलोग्राम मह समेत आएको छ । बाँकी सबै आयात भारतबाट आएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनीबाट काजु लगायत २ लाख १७ हजार बढीको सामान चोर्ने व्यक्ति पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा
-
आर्मी र गण्डकी राष्ट्रिय पुरूष हक्की प्रतियोगिताको फाइनलमा