‘झिँगे दाउ’ सासु र बुहारीको कथा हो : आँचल शर्मा
अभिनेत्री आँचल शर्माले फिल्म ‘झिँगे दाउ’ सासु र बुहारी बीचको कथामा निर्माण भएको चलचित्र भएको बताएकी छन् । ‘फिल्मले एक परिवारको कथा प्रस्तुत गरेको छ’ उनले भनिन् ‘यो कथा सबैले आफ्नो महशुस गर्न सक्नेछन् ।’ फिल्मले सासु सही नहुँदा घरको अवस्था कस्तोसम्म हुन्छ भनेर देखाउन खोजेको उनले खुलाइन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले फिल्म ‘झिँगे दाउ’ एकदमै पारिवारिक र राम्रो फिल्म बनेको दाबी समेत गरिन् । फिल्ममा आफूले झगडालु बुहारीको भूमिका निर्वाह गरेको बताइन् । फिल्मले सबै सासु र बुहारीलाई एक किसिमको पाठ सिकाउने शर्माको भनाइ छ ।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा आँचलको अलवा, केकी अधिकारी, मुकुन भुषाल लगायतको समेत मुख्य भूमिका छ । कार्यक्रममा अभिनेत्री केकी अधिकारीले ‘झिँगे दाउ’ जस्तो फिल्म कलाकारको लागि कहिलेकाहीँ मात्र मिल्ने बताइन् । ‘झिँगे दाउ’ एक कृतिमाथिको फिल्म भएकोले यसले आफ्नो अभिनय करियरलाई समेत प्लस गर्ने उनले सुनाइन् ।
‘हामी कहाँ कृतिमाथि फिल्म कम बन्छन् । एउटा कलाकारले कृतिमा फिल्म गर्न पाउनु खुसीको कुरो हो ’ अधिकारीले भनिन् ‘एकपछि अर्काे कृतिमाथि फिल्म गरिरहेकी छु । म त भाग्यमानी छु ।’ केकीले फिल्मले आम मानिसलाई टच गर्ने कथा उठाएको सुनाइन् ।
अभिनेता मुकुन भुषालले फिल्म राम्रो बनेकोले फिल्मबाट आफू आशावादी रहेको बताए । भुषालले झिँगे दाउ मौलिक फिल्मको रुपमा चर्चा गरे । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको व्यानरमा निर्मित फिल्म सुलभ प्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन् ।
प्रदीप भारद्वाजको पटकथा रहेको फिल्ममा आँचल, केकी र मुकुनको अलवा हिउँवाला गौतम, संगम भण्डारी, विजय देउजा, आयन खड्का, अभयराज बराललगायतका कलाकारको अभिनय छ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’ मा आधारित रहेर निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण