बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ वर्ल्ड स्कुलमा झडप, डीएसपीको नेतृत्वमा प्रहरी परिचालन

बुधबार, १५ भदौ २०७९, १२ : १२
बुधबार, १५ भदौ २०७९

भक्तपुरको सूर्यबिनायक नगरपालिका स्थित काठमाडौँ वर्ल्ड स्कुलमा झडप भएको छ । विद्यार्थीहरुको बीचमा मंगलबारबाट शुरु भएको विवाद झडपमा परिणत भएपछि डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । 

गुण्डुमा अवस्थित सो स्कुलमा गुण्डुका स्थानीय विद्यार्थी र काठमाडौंबाट गएर अध्ययन गरिरहेका विद्यार्थीको  बीचमा बिवाद भएपछि स्थानीयले कारवाहीको माग गरेर विरोध गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले बताए ।  

कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको बीचमा मंगलबार विवाद भएको थियो । स्थानियले काठमाडौंबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारवाही नगरेको भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरी वृत जगातेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप