कैलाली ५ को उम्मेदवारका लागि कांग्रेसबाट आरजु राणाको नाम एकल सिफारिस
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा आगामी निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएकी छन् ।
राणाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको छ । बुधबार केलाली ५ को प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिबाट आरजुको नाम एकल सिफारिस भएको हो ।
कैलाली ५ का सभापति भीम पडालले प्रदेश निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि आरजुको मात्रै नाम सिफारिस भएर आएको बताए । आज बस्ने क्षेत्रीय कार्यसमिति बैठकबाट पनि उनका नाम एकल सफारिस हुने पडालको भनाइ छ । यस्तै समानुपातिक तर्फ संघीय सांसदमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य जीवन रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।
बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्ष तर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा गणेश बहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभात कुमार चौधरी, प्रेमराज जोशी, नारायण प्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।
यसैगरी समानुपातिक तर्फ १८ जनाको नाम सिफारिस गरिएको छ । जसमा उद्धवबहादुर विष्ट, सिताराम राना, गणेश बहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभात कुमार चौधरी, जमुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायण दत्त भट्ट,प्रमिला लम्साल,गणेश प्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मी प्रसाद देवकोटा, लक्ष्मी नारायण चौधरी,कमल बहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारी को नाम सिफारीस गरेको सचिव निरज बिष्टले जनकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण