निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन
नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध चयन भएका छन् । महाधिवेशन भन्दा दुई दिन अगाडि बिहिवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा नवलको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन् ।
अध्यक्षसँगै निर्माता संघको सम्पूर्ण कार्यसमिति निर्विरोध भएको छ । महासचिवमा निर्माता सुनिलकुमार थापा, उपाध्यक्षद्वयमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध तथा सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई निर्विरोध चयन भए ।
त्यस्तै संघको सदस्यहरूमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्र लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा निर्विरोध भएका छन् । ५ वर्षपछि हुन लागेको निर्माता संघको चुनावी साधारण सभा भने भदौ १८ गते शनिवारलाई राखिएको छ । संघको नयाँ कार्यसमिती घोषणा र आगामी दिनको योजना १८ गतेको कार्यक्रममा गर्ने संघले जनाएको छ । नेपाली चलचित्र निर्माता संघ चलचित्र निर्माण गर्ने निमाताहरुको साँझा संगठन हो । यस अगाडि संघको नेतृत्वमा निर्माता आकाश अधिकारी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण