शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गगनको क्षेत्र काठमाडौं-४ बाट को-को भए उम्मेदवारमा सिफारिस ?

शुक्रबार, १७ भदौ २०७९, १२ : ०८
शुक्रबार, १७ भदौ २०७९

नेपाली कांग्रेसले आसन्न संघीय तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको छ । यसै क्रममा काठमाडौं-४ ले पनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेद्वार सिफारिस गरेको छ ।

महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र रहेको यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि थापासँगै विनोदबाबु प्रधान पनि सिफारिस भएका छन् । गगन थापाले यसअघि नै आफू काठमाडौं-४ बाट नै निर्वाचन लड्ने घोषणा गरेकोले यहाँबाट गगन नै निर्वाचन लड्ने सम्भावना बलियो छ । 

त्यसैगरी यस क्षेत्रबाट समानुपातिक तर्फ अनार बस्नेत, कर्म छिरिङ शेर्पा, याङ्किला शेर्पा, रोहित पौडेल, राजु श्रेष्ठ र डा. आरती कार्की सिफारिस भएका छन् । 

प्रदेशसभातर्फ भने प्रत्यक्षमा क्षेत्र 'क' मा श्रीराम लामिछाने, प्रशन्नमान श्रेष्ठ, राधा घले, श्याम कुमार संगत, नरोत्तम बैद्य र सरिन घिमिरे सिफारिस भएका छन् भने क्षेत्र 'ख' मा न्हुच्छेनारायण श्रेष्ठ, अच्युतप्रसाद पौडेल, शंकर आचार्य र मनोज सिग्देल सिफारिस भएका छन् । 

त्यस्तै क्षेत्र 'क' को समानुपातिकमा अनुप प्रधान, रमेश महर्जन, किरण श्रेष्ठ, असिम राणा, नर्वदा पोखरेल, दीपेन्द्र केशरी पण्डित, सारिका राई, गणेश सुनुवार, श्यामकुमार मल्ल, शुशीला नाइटा, प्रकाश गुरुङ, दिनेशकुमार माली, इन्दिरा भण्डारी, ध्रुवप्रसाद पौडेल, र सुदिपराज शर्मा सिफारिस भएका छन् । 

क्षेत्र 'ख' बाट समानुपातिकमा इन्द्रबहादुर थापा, साधुराम खड्का, आत्माराम पौडेल, भोला लामिछाने, रामकृष्ण केसी, शशीप्रसाद शर्मा, ध्रुव खड्का, वृहस्पति चालिसे, होमनाथ तिमिल्सिना, डिल्लीप्रसाद डोटेल, सन्तोष भण्डारी, मीना पराजुली, रीता बुढाथोकी, मनदेवी श्रेष्ठ, ललितादेवी गुरुङ, जाङ्बु शेर्पा, श्यामकृष्ण श्रेष्ठ, सानुकान्छा श्रेष्ठ, दिव्यमणि राजभण्डारी, रामलाल श्रेष्ठ, दिपक गुरुङ सिफारिस भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप