आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस जिल्ला सभापति शाही सर्वसम्मत सिफारिस

शनिबार, १८ भदौ २०७९, १० : ४०
शनिबार, १८ भदौ २०७९

नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।   

शुक्रबार बसेको बैठकले  शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, महिला समानुपातिक धनसिला मल्ल, र खुल्ला समानुपातिक मीन भामलाई सिफारिस गरेको हो ।

यस्तै कर्णाली प्रदेश सभा 'क' , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल, हरिजंग शाही, तिलक बहादुर मल्ललाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो । 

प्रदेश समानुपातिकतर्फ सूर्यदेवी मल्ल, पदम रावल, लक्ष्मी रावत, भीम तिरुवा, च्यावा लामा,  फुन्जोक लामा, रमाईली रावल, र खुम्मेनी विकलाई सिफारिस गरिएको सचिव मल्लले जानकारी दिए ।

साथै प्रदेशसभा 'ख' अन्तर्गत  प्रत्यक्षतर्फ खड्क बहादुर शाही, रतन बहादुर शाही र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी, महेश गिरी, रुपकर्ण शाही, गोमा गिरी, लोक बहादुर शाही सिफारिस भएका छन् । 

निर्वाचन क्षेत्र अनुसार प्रदेश 'क' अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका  पर्छन् भने प्रदेश 'ख', अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप