कांग्रेस जिल्ला सभापति शाही सर्वसम्मत सिफारिस
नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।
शुक्रबार बसेको बैठकले शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल, महिला समानुपातिक धनसिला मल्ल, र खुल्ला समानुपातिक मीन भामलाई सिफारिस गरेको हो ।
यस्तै कर्णाली प्रदेश सभा 'क' , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल, हरिजंग शाही, तिलक बहादुर मल्ललाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो ।
प्रदेश समानुपातिकतर्फ सूर्यदेवी मल्ल, पदम रावल, लक्ष्मी रावत, भीम तिरुवा, च्यावा लामा, फुन्जोक लामा, रमाईली रावल, र खुम्मेनी विकलाई सिफारिस गरिएको सचिव मल्लले जानकारी दिए ।
साथै प्रदेशसभा 'ख' अन्तर्गत प्रत्यक्षतर्फ खड्क बहादुर शाही, रतन बहादुर शाही र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी, महेश गिरी, रुपकर्ण शाही, गोमा गिरी, लोक बहादुर शाही सिफारिस भएका छन् ।
निर्वाचन क्षेत्र अनुसार प्रदेश 'क' अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका पर्छन् भने प्रदेश 'ख', अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण