शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियामा डढेलो, हजारौँ मानिस प्रभावित

शनिबार, १८ भदौ २०७९, १२ : ०२
शनिबार, १८ भदौ २०७९

उत्तरी क्यालिफोर्नियामा डढेलो फैलिएपछि त्यस क्षेत्रका हजारौँ मानिसलाई सुरक्षित क्षेत्रमा जान आदेश दिइएको छ ।  एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको डढेलोका कारण सो क्षेत्रका हजारौं मानिसहरूलाई आफ्नो घरहरू खाली गर्न आदेश दिइएको हो । डढेलोबाट धेरै घरहरु जलेर ध्वस्त भएका छन् ।

क्यालिफोर्नियामा यसअघि पनि भीषणा डढेलो लागेको थियो । सन् २०१४ मा डढेलोबाट ३ हजार जनसंख्या भएको विड शहरमा १५० भवन जलेर खरानी भएका थिए । 

विश्वव्यापाी तापक्रममा बृद्धि, खडेरी आदिका कारण डढेलोका घटनामा वृद्धि भएको वैज्ञानिकहरु बताउँछन् ।  खडेरीले गर्दा जमिनमा चिसोपना घटेको र डढेलो फैलिने जोखिम थप बढिरहेको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप