भावी सन्ततिले कसरी जीवन बिताउलान् भनेर चिन्ता लाग्छ : मदनकृष्ण श्रेष्ठ
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले धेरै आम्दानी हुने र पैसा पाइहाल्ने काममा मात्रै सरकारले सोच्ने गरेको भन्दै दुःख व्यक्त गरेका छन् । शुक्रवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको बताए ।
उनले सरकारले देशको भविष्य सोचेर पेट्रोल र डिजेलमा विदेशिएको लाखौँ रुपैयाँ रोक्न सक्नुपर्ने बताए । उनले सरकारले देशबाट डिजेल र पेट्रोलमा विदेशिएको रकमलाई रोक्न पूर्ण विद्युतीय सवारी साधनमा जोड दिनुपर्ने बताए । उनले नेपालबाट विदेश जाने अर्बौं रुपैयाँ रोक्न सके अर्थतन्त्रमा अपेक्षाकृत सुधार हुने विश्वास व्यक्त गरे ।
उनले सरकारले विद्युतीय सामग्रीको प्रयोगमा जोड दिएर डिजेल, पेट्रोलबाट चल्ने सामग्री विस्थापित गर्न आवश्यक रहेको बताए । श्रेष्ठले देशले निर्यात गरेर कमाउने कुनै पनि श्रोतहरु नदेख्दा भावी सन्ततीले के गर्लान् भन्ने चिन्ता लागेको बताउँदै देशभर नै विद्युतीय सवारी सञ्चालन गर्ने नियम बनोस् भन्ने आफ्नो चाहना रहेको पनि बताए ।
उनले भने, ‘जोर बिजोर हुँदा धेरै गाह्रो थियो, नेपाल बन्द हुँदा । दुईवटा गाडी त थियो तर जोर नै परेछन् दुवै । एकपटक बिजोर गाडी किन्नुपर्छ भनेर गयौँ । डिगोमा जाँदा विद्युतीय गाडी आएको रहेछ । ब्राण्ड एम्बास्डर बस्नु न भन्नुभयो । किने पनि त्यो गाडी चढ्दा बडो मजा आयो । अरु बेलामा त्यहाँसम्म पु¥याइदिनु न भन्दा पनि पेट्रोल खर्च हुन्छ भनेर मनले मान्दैन थियो । बिजुली गाडीमा त पैसा खर्च नहुने जहाँ लगेपनि हुन्छ भन्ने स्थिति बन्यो । पेट्रोल पम्पमा भीड देख्दा पनि केही न केही लाग्थ्यो आफूलाई । देशभर विद्युतीय गाडी चले कति राम्रो हुन्थ्यो भन्ने लाग्छ ।’
कलाकार श्रेष्ठले पेट्रोल र डिजेल खरिद गर्दा धेरै पैसा बाहिर गएको समेत बताए । उनले भने, ‘भविष्य देखेर नरमाइलो लाग्छ । भावी सन्ततिले कसरी जीवन बिताउलान् भनेर चिन्ता लाग्छ । देशमा कुनै पनि सोर्स नभएको देख्दा चिन्ता लाग्छ । विद्युतीय भेइकल बढाउने र डिजेल, पेट्रोल डिस्करेज हुँदै गए खर्बौं रुपैयाँ जोगिन्छ । गाडीमा भन्सार लिनुलाई नै सरकारले आम्दानी देखिरहेको छ, तर खल्ती प्वाल परेको छ, सबै विदेश जान्छ ।’
उनले भने, ‘आम्दानी नआएपनि नेपालको खर्च रोक्न सके धेरै राम्रो हुन्छ । विद्युतीय गाडी सबैतिर चल्ने नियम बनोस् । आम्दानी हुने र पैसा पाइहाल्ने भन्नेतिर मात्रै सरकारको सोच देखिन्छ । सरकारले भविष्य सोचोस् । इलेक्ट्रिकमा डाइभर्ट गरोस् । विद्युतीय चुल्होमा खाना पाकोस् ।’ वरिष्ठ कलाकार श्रेष्ठले देशभर विद्युतीय सवारी सञ्चालन गर्नसके देशले थोरै भएपनि प्रगति गरेको छ भन्नसक्ने अवस्था रहने भन्दै पूर्ण विद्युतीय सवारी साधनमा जोड दिन सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण