अधिश र आलिया ‘द कलेज एम्बासेडर २०२२’ घोषित
‘द कलेज एम्बासेडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन् ।
शुक्रबार अबेर साँझ रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित सम्पन्न प्रतियोगीतामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौँ स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान (गोल्डेन गेट) र निरञ्जन पोखरेल (किस्ट कलेज) घोषित भए । विजेता उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रूपमा प्राप्त गरे ।
कार्यक्रम व्यवस्थापन, चलचित्र निर्माण लगायत कार्यमा एकदशक बढी समयदेखि क्रियाशील ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११ औं संस्करण हो ।
विभिन्न क्षेत्रका प्रतिस्थित व्यक्तिहरू महेन्द्र प्रसाद जोशी, रोहिया महर्जन, दिवास योन्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगिताको फाइनलमा ८ महिला र ८ पुरुष रहेका थिए ।

कलेज अध्ययनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुँदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
प्रतियोगितामा मष्टफोटोजेनिक सदिच्छा ताम्राकार (कुसोम), मष्टट्यालेन्ट आलिया खान (द टाइम्स इन्टरनेशनल कलेज) मष्टपपुलर सुवे महर्जन (नाइटिंगेल इन्टरनेशनल कलेज), मष्टडिसिप्लेन सतजलबाबु सापकोटा (गोल्डेन गेट इन्टरनेशनल कलेज), बेष्टड्रेस अञ्जना धमला (ह्वाइटफिल्ड इन्टरनेशनल कलेज) मष्टफ्रेण्डी शिखिन तुलाधर (सेन्टपल स्कूल), वेष्टपफमेन्स सिजल महर्जन (साउथ वेस्टर्न कलेज), बेष्टस्माइल बिनिशा प्रधान (गोल्डेन गेट इन्टरनेशनल कलेज), चार्मिङ पर्सनालिटी सलिना महर्जन (किस्ट कलेज), मष्ट इन्टिलेक्च्युअल नरेश सुनाम (काठमाडौँ स्कुल अफ सेन्ट्रल स्टेट), बेष्टस्पिकर निराजन पोखरेल (किस्ट कलेज) ले हासिल प्राप्त गरे ।
समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका विभिन्न विषयमा आफूलाई निखार्दै अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको कोरियोग्राफी मिसेस युनिभर्स नेपाल २०१९ की विजेता समेत रहेकी अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण