आँखाको कस्मेटिक सर्जरी गर्दै करिश्मा
अभिनेत्री करिश्मा मानन्धरले आफ्नो आँखाको तल्लो र माथिल्लो भागको कस्मेटिक सर्जरी गर्ने बताएकी छिन् । ललितपुरको कुपण्डोलमा रहेको नेशलन आई एन्ड कस्मेटिक सर्जरी सेन्टरको सातौँ वार्षिक उत्सवमा प्रमुख अतिथि भएर पुगेकी अभिनेत्री करिश्माले त्यहाँ आफ्नो आँखाको कस्मेटिक सर्जरी गर्ने बताएकी हुन् ।
‘आँखाको तलको भाग झोलिएको र माथिल्लो भागमा पनि केही समस्या देखिएकाले कस्मेटिक सर्जरी गर्ने योजनामा थिएँ । बैंककमा गर्नु पर्ने सर्जरी त्यो भन्दा धेरै सस्तोमा यहीँ हुने भएपछि मैले यही नै आँखाको कस्मेटिक सर्जरी गर्ने निर्णय लिएँ,’ अभिनेत्री करिश्माले सातौँ वार्षिक उत्सव समारोहको उद्घाटन गर्दै भनिन्,‘कस्मेटिक सर्जरीबाट आँखाको सुन्दरतासँगै मुहार नै सुन्दर देखिने भएपछि हामी कलाकारहरुलाई यो प्रविधि अझ उपयुक्त हुने भएको छ ।’ स्वदेशमै यो सेवा उपलब्ध हुनुले आफूहरूले अझ सजिलो भएको पनि उनले बताइन् । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण