जुम्लाबाट निर्वाचनका लागि ५३ जनाको नाम सिफारिस
नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको हो ।
शनिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारका नाम टुंगो लगाएर केन्द्रमा पठाएको पार्टी सचिव अर्जुनसिंह कठायतले बताए । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ३ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस गरिएको छ ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ १९ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको कांग्रेस जुम्लाले जनाएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ देवेन्द्रबहादुर शाही, केन्द्रीय सदस्य कान्तिका सेजुवाल र जिल्ला पार्टी सभापति कर्णबहादुर शाहीको नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ गिता शाही, जयहरी आचार्य, परेकलाल धर्ती, भिमनिधि हमाल, लक्ष्मीप्रसाद आचार्य, लालबहादुर जिसी, लाल हमाल र कान्तिका सेजुवालको नाम सिफारिस गरिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ अर्जुनसिंह कठायत, खड्कबहादुर सेजुवाल, दिनवन्धु श्रेष्ठ, लक्षिमन बोहरा, ललितजंग शाहीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ उमा बुढा रावत, कार्मा बुढा, कौशिला नेपाली, गोविन्द्रबहादुर शाही, तुलबहादुर रावत, दिपक शाही, धनकृष्ण नेपाली, नेत्रकला शाही र दिलबहादुर महतको नाम सिफारिसमा परेको छ ।
त्यसै गरी पुन्नकली महतारा, विरेन्द्रबहादुर मल्ल, विष्णुबहादुर सुनार, महेन्द्र कार्की, रतनसिंह बुढा, लक्ष्मी कार्मी, माया सार्की, श्रीकृष्ण कार्मी, रामकृष्ण न्यौपाने र जंगविर नेपालीको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।
प्रदेश निर्वाचन (ख) प्रत्यक्षतर्फ दिपबहादुर शाही, देवलसिंह रावल, पूर्णप्रसाद आचार्य, महेन्द्रनिधि हमाल, लंकबहादुर शाही र हरिकृष्ण हमालको नाम सिफारिस भएको जनाएको छ ।
समानुपातिकतर्फ धनबहादुर बस्नेत, अकलबहादुर शाही, उर्मिला खत्री भण्डारी, गगनबहादुर रोकाया, चक्रबहादुर शाही, नरविर रावत, छत्रबहादुर शाही, विश्वराज काफ्ले, लक्ष्मीप्रसाद आचार्य, तुंगनाथ उपाध्याय, नवराज शर्मा र रविलाल आचार्यको नाम सिफारिस भएको कांग्रस जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण