उम्मेदवार छनौटमा पश्चिम नवलपरासी कांग्रसमा विवाद
पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ । विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन । संघ र प्रदेशको उमेदवारहरुको नाम सिफारिस गर्न शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ ।
पार्टीका केन्द्रय सदस्य देवेन्द्रराज कडेल र संविधान सभा सदस्य बिक्रम खनालबीच गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो । शनिबारको बैठक २० बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका उपसभापति विक्रम यादबले बताए । केन्द्रले खटाएका प्रतिनिधि मानबहादुर नेपाली दुई गुटको बिबादका कारण शनिबार बसेको बैठकमा आएनन् । विवादका कारण केन्द्रीय प्रतिनिधि बैठकमा नआएपछि बैठक स्थगित भएको सचिव कुलदिप आर्चायले बताए ।
शनिबार बसेको बैठकले आगामी २० गते पुनः बैठक बस्ने गरि स्थगित गरेको छ । २० गतेको बैठकमा केन्द्रबाट अर्का प्रतिनिधि र प्रदेश सभातिलाई समेत बोलाएर उम्मेदवारको नाम सिफरिस गर्ने सहमति भएको उपसभापति यादबले बताए ।
उता केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल पक्षका रामग्राम नगरसभापति श्रीधर बस्याललाई हटाएर उपसभापति नाथुप्रसाद यादबलाई कार्यवाहक र संघीय निर्वाचन क्षेत्र नम्वर २ क्षेत्रीय सभापति माधब पाण्डेलाई हटाएर याम प्रसाद भुसाललाई कार्यवाहक दिएपछि कांग्रेस नवलपरासीको विवाद झन् बल्झिएको नेताहरुले बताएका छन् । रामग्राम नगरसभापति बस्याल र क्षेत्रीय सभापति पाण्डेलाई हटाएको विषयमा आइतबार छलफल गर्ने सहमति जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
-
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
-
तलब बढाउन नेपाल राष्ट्रिय कर्मचारी संगठनको माग
-
गैरकानुनी रूपमा विदेश गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गरिने
-
विमल निभाका तीन कविता
-
‘गर या मर’को खेलमा वर्षा खलनायक बन्ने डर