‘प्रकाश’ राम्रो लाग्यो– कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले फिल्म ‘प्रकाश’ राम्रो लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म राम्रो लागेको बताएका हुन् ।
‘अभिनेता प्रदीप खड्का तथा अभिनेत्री दिया लगायत सबै कलाकारको अभिनय समेत जिवन्त छ’ थापाले अगाडि थपे– ‘नेपाली समाजको विद्यमान विभेद र शोषणलाई निर्देशकले सशक्त ढंगबाट प्रस्तुत गरेका छन् । थापाले फिल्मले उठाएको जुम्लाको जनजीवन, भाषा र वातावारण समेत सजिव लाग्ने बताएका छन् । थापाले फिल्मको कथावस्तु र प्रस्तुति अलि सुस्त भएको समेत जनाएका छन् ।
थापाको पोष्टलाई फिल्मका निर्देशक दिनेश राउतले शेयर गर्दै आफ्नो फिल्म हेरेकोमा आभार व्यक्त गरेका छन् । उनले थापालाई भनेका छन्– ‘तपाईको यस्तो प्रतिक्रियाले थप हौसला र प्रेरणा मिलेको छ ।’ फिल्म ‘प्रकाश’ अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको हो । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण