भूकम्प बीमाबारे संसदमा बहस भइरहँदा भूकम्प गएपछि सांसदहरूको भागभाग
कहिलेकाहीं जीवन कल्पनाभन्दा फरक हुन्छ । कहिलेकाही जुन विषयमा चर्चा गरिन्छ संयोग वा दुर्भाग्य भनौ त्यही घटना भइदिन्छ । प्रसंग युरोपेली देश लिकटेन्स्टाइनको हो । संसदमा भूकम्प बीमामा बहस भइरहेको थियो, त्यहीबेला भूकम्प गयो ।
देशको संस्द ल्यान्डट्यागले सार्वजनिक गरेको एउटा भिडियो अनुसार भूकम्प बीमाबारे बहस भइरहका बेला केही मिनेटको अन्तरमा दुई पटक भूकम्प गएका थिए । प्रोग्रेसिभ सिटिजन्स पार्टी (एफबीपी) की सांसद बेटिना पेटजोल्ड महर संसदमा बोलिरहदा भूकम्प गएको थियो ।
भिडियोमा पहिलो भूकम्प जाँदा उनी हाँसिरहकी देखिन्छिन् । तर लगत्तै आएका दोस्रो भूकम्पले भने उनीहरूको होस हवास उडेको थियो । दोस्रो भूकम्पले संसद भवन हल्लिन थालेपछि पेटजोल्ड आत्तिदै भवनको सिलिङ र दायँ वायाँ हेरेको देखिन्छिन् । दोस्रो भूकम्पपछि तत्कालै संसद बैठक स्थगित भएको थियो भने संसदहरु छिटो छिटो भवनबाहिर निस्किएका थिए ।
युरोन्युजका अनुसार पहिलो भूकम्प २ दशमलब ४ र दोस्रो ३ दशमलब ९ म्याग्निच्युडको थियो । दोस्रो भूकम्पको गहिराई १९ किलोमिटर थियो । उक्त भूकम्प अस्ट्रेलिया, स्विट्जरल्यान्ड र जर्मनीसम्म महसुस गरिएको थियो ।
भूकम्पले बैठक अवरुद्ध गरेको यो पहिलो पटक भने होइन । सन् २०२० मा अक्टोबरमा आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले एक अन्तर्वार्ता दिने क्रममा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण