कांग्रेस लुम्बिनी प्रदेश सभापति पुन रोल्पाबाट सिफारिस
रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सङ्घ र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले बताए ।
'ख' बाट पुनको एकल नाम सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् ।
यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको नाम सिफारिस भएको छ । हमाल पूर्व राज्यमन्त्री र बुढाले पूर्व सहायक मन्त्री हुन् । यस्तै प्रदेश सभा 'क' बाट प्रत्यक्षमा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बुढाथोकी, पुष्पा श्रेष्ठ, र अजुन बहादुर खड्का सिफारिस भएका छन् ।
माधवप्रसाद आचार्य, मानबहादुर खत्री, श्रीकुमारी रोका मगर, देवा आचार्य, महेन्द्र पुन मगर, हुमादेवी भण्डारी, तीजा विष्ट, सीम बहादुर विष्ट, इन्द्रबहादुर खत्री,मनि कला राना मगर र लालकुमारी पुन मगर पनि समानुपातिक सिफारिसमा परेका छन ।
प्रदेश सभा 'ख' बाट अमरसिंह पुनको नाम एकल सिफारिसमा परेको छ भने समानुपातिक तर्फ गोपाल घर्ती मगर र रिता विकलाई सिफारिस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण