डा. त्रिशाला गुरुङले सार्वजनिक गरिन् प्रेमी
डाक्टर तथा प्रशंसित गायिका त्रिशाला गुरुङले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । उनले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रेमी रोहित शाक्यसँगको प्रेम सम्बन्धबारे खुलेर व्यक्त गरेकी छिन् ।
रोहितसँगको आठवटा तस्बिर सार्वजनिक गर्दै त्रिशालाले आफूहरु धेरै लामो समयसम्मका लागि साथी बन्न सक्ने महसुस भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी लामो, लामो समयका लागि साथी हुन सक्छौँ, मलाई त्यस्तै महसुस हुन्छ । तिमी मेरो हौ र तिमीलाई थाहा छ म तिमीलाई यसैका लागि मन पराउँछु ।’
रोहित शाक्य प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्यान्ड ‘जिन्दाबाद’ का गायक, गितारिस्ट हुन् । उनी फज फ्याक्ट्री प्रोडक्सनका सह–संस्थापक हुन् । हालको नेपाली साङ्गीतिक बजारमा उनी एक सफलत युवा प्रतिभा रहेका छन् ।
त्रिशाला र रोहितको प्रेम सम्बन्धबारे केही समय अघिदेखि नै चर्चा परिचर्चा हुने गर्दथ्यो । त्रिशाला आफैंले आफ्नो सम्बन्धबारे खुलाएपछि फेसबुकमा धेरैले निकै रमाइला कमेन्ट पनि गरेका छन् । त्रिशालाले प्रेमी सार्वजनिक गरेपछि धेरैले आफ्नो मन टुटेको बताएका छन् । एकजनाले लेखेका छन्, ‘मुटु माथि ढुङ्गा राखी लभ रियाक्ट गर्नुपर्या छ ।’
यस्तै अर्का एकजनाले लेखेका छन्, ‘फिलिङ स्याड विद ९९ अदर्स...’
यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि खत्रा गितार सिक्छु अब ।’
यस्तै कतिले रमाइला कमेन्टसमेत गरेका छन् ।
एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो बाजेलाई हेर्ने भए म ह्यान्डसम भा’को मतलब नै भएन नि बेब ।’ यसमा त्रिशालाले जवाफ दिएकी दिँदै लेखेकी छिन्, ‘तपाईंहरु के सारो फन्नी भा’को हौ ।’
यस्तै, अर्का एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘साँच्चै भन्नुपर्दा रोहित शाक्यको साथ पाउनु भनेको त्रिशालाको भाग्यको कुरा हो ।’
अर्कोले लेखेका छन्, ‘मिलेको जोडी, रोहित शाक्य लेजेन्ड म्युजिक कम्पोजर हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ विश्वकपमा चम्किन तयार १२ किशोर खेलाडी
-
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
-
पश्चिम बंगालमा बुलेट ट्रेन परियोजना घोषणा
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण