‘मिष्टर नेपाल २०१९’ विजेता डा.सन्तोष प्रदेशसभा उम्मेदवारमा सिफारिस
सोमबार, २० भदौ २०७९, ११ : ५२
अगामी ४ मंसिरमा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवारका लागि ‘मिष्टर नेपाल २०१९’ विजेता डा.सन्तोष उपाध्याय पनि सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट अछाम क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ बाट सिफारिसमा परेका हुन् ।
कांग्रेस अछामले उम्मेदवार सिफारिसमा डा.उपाध्यायसहित ९ जनाको नाम क्षेत्रीय समितिलाई पठाएको छ । सोही नाम क्षेत्रीय समितिले जिल्लालाई र जिल्लाले प्रदेश तथा केन्द्रीय समितिलाई पठाएको जिल्ला सभापति पुष्पबहादुर शाहले बताए ।
३१ वर्षीय डा.उपाध्याय चिकित्सा क्षेत्रमा पनि चर्चा कमाएका व्यक्ति हुन् । ‘मिस्टर नेपाल २०१९’ को विजेता बनेका उनी २०२० मा मिस्टर सुपस्टारसँगै ‘मिस्टर सुप्राईन्टरनेशनल २०२१’ मा थर्ड रनरअप भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण