मिस टिन नेपालमा २० किशोरी भिड्दै
सेञ्चुरी मिस टिन नेपालको १८ औं संस्करणको ग्राण्ड फिनाले आगामी ९ असोजमा आयोजना हुने भएको छ । सन् २००२ देखि काठमाडौं जेसीजले नियमित आयोजना गर्दै आएको प्रतियोगितामा यो पटक २० प्रतिस्पर्धी फाइनमा उपाधिका लागि भिड्दै छन् ।
आयोजक काठमाडौं जेसीजकाले सोमबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै प्रतियोगीताको बारेमा जानकारी दिएको हो । कार्यक्रम आयोजक संस्थाका अध्यक्ष अनुप सुनुवारले किशोरीहरुको क्षमता अभिवृद्धि, सामाजिक एवं सांस्कृतिक वृत्ति विकास तथा महिला सशक्तीकरणको लक्ष्यसहित मिस टिन नेपालको आयोजना भइरहेको जानकारी दिए ।
‘सेञ्चुरी मिस टिन नेपाल एक सौन्दर्य प्रतियोगिता मात्रै नभएर महिला सशिक्तकरणका पक्षमा पैरवी गर्ने मञ्च पनि हो’ उनले भने । प्रतियोगिताको अडिसन राउण्डमा सहभागि ५० जनामध्ये २० जना फाइनलका लागि छानिएका हुन् । जसमा विभुषा बस्नेत, अदिती श्रेष्ठ, कसक पौडेल, सुम्निमा पुरी, आर्या पोखरेल, सुस्जिता पौडेल, स्नेहा पौडेल, पूजा ओली, प्रतिक्षा डंगोल, पारिका भण्डारी, हर्षिता पन्त, विसुका कोइराला, निशा सोनी, सुस्मिता अधिकारी, रोशनी सुनवार, खुसी श्रेष्ठ, आरती गिरी, सञ्जु श्रेष्ठ र कुसुम भट्टराई रहेका छन् ।
प्रतियोगिताको मुख्य कोरियोग्राफरको भूमिका प्रियारानी लामाले निर्वाह गर्नेछिन् । उनले प्रतियोगिताका सहभागिहरुलाई राम्री बन्न र बोल्नमात्रै प्रोत्साहन नगरिने भन्दै एक जिम्मेवार नागरिकका रुपमा सहभागीहरूको क्षमता विकास गराइने बताइन् । प्रतियोगीको सहभागीले सेञ्चुरी मिस टिन नेपाल २०२२ को शीर्ष उपाधिका अलवा विभिन्न १२ सब टाइटल जित्न सक्नेछन् । १६ देखि १९ वर्षसम्म किशोरीहरु प्रतिस्पर्धा रहेको मिस टिन नेपालको मुख्य प्रायोजकका रुपमा सेञ्चुरी रहेको छ भने एनआइसी एसिया बैंक बैंकिङ पाटर्नर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण