कांग्रेस महोत्तरीले ८३ जनाको नाम सिफारिस गर्यो (नामावलीसहित)
कांग्रेस महोत्तरीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक र प्रत्यक्षतर्फ ८३ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरेका नामावली सोमबार नै प्रदेशमा पठाएको कांग्रेस महोत्तरीले जनाएको छ ।
सिफारिसमा पर्नेहरुमा क्षेत्र न.१ प्रतिनिधिसभाको लागी कल्याण गुरुङ, सिताराम भण्डारी, मुकेशराज काफ्ले र बिनोद धामी छन् भने समानुपातिकतर्फ जितेन्द्र महतो, गोरकुल कुशाहा, बिष्णु देव यादव र प्रतिमा कोइराला छन् ।
प्रदेशको प्रत्यक्षतर्फ 'क' मा चिरञ्जीवी हमाल, महेश झा, सुरेश यादव र बिनोद बराल सिफारिस भएका छन भने 'ख' मा रेखा यादव, ओमनारायण माहासेठ, महेश सिंह र गोरकुल सिंह छन् । गोरकुल कुशाहाको नाम प्रतिनिधिसभाको समानुपातिकतर्फ र प्रदेशको प्रत्यक्षतर्फ पनि सिफारिस भएका छ ।
त्यसैगरी 'ख' मा समानुपातिकतर्फ उपेन्द्र ठाकुर, राधेश्याम भगत, उषा देवकोटा, मन्दिप भारती र 'क' को समानुपातिक तर्फ शिवनारायण यादव, रुपनारायण सिंह, राजकुमार साह र सरिता परियारको नाम सिफारिस भएको कांग्रेस महोत्तरीले जनाएको छ ।
सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बाँकी रहेका सवै क्षेत्रको सिफारिस टुंग्याएको छ । निर्णयअनुसार क्षेत्र न. २ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ किरण यादवको एकल नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ सरोज कुमार यादव, ओमसंकर यादव, लक्ष्मीनारायण सिंह, महेन्द्र कुमार झा, सिकलि यादव गरी ७ जनाको नाम सिफारिस भएको छ ।
प्रदेशसभामा प्रत्यक्षतर्फ 'क' मा नागेस्वर यादव, सुशील यादव, बिनोद धामी र समानुपातिक तर्फ रामछबिला यादव, बिनोद यादव, चण्डेश्वर मन्डल, भरत मण्डल छन । त्यसैगरी 'ख' मा प्रत्यक्षतर्फ मन्जु कुमारी यादव, लक्ष्मण प्रसाद ठाकुर, रोहित ठाकुर, राजकरण साह, समानुपातिक तर्फ नागेन्द्र सर्मा, राम कृपाल यादव, उमेश पासवान, श्यामा देवि पासवान सिफारिसमा परेका छन् ।
क्षेत्र न. ३ को प्रतिनिधिसभाको समानुपातिक तर्फ रामचन्द्र तिवारीको एकल नाम सिफारिस भएको छ भने प्रत्यक्षतर्फ बजरङ्ग नेपाली, बैजनाथ मन्डल, रामतेज मिश्र गरी ३ जनाको नाम सिफारिस भएको छ । त्यस्तै प्रदेशसभाको क मा प्रत्यक्षतर्फ रागबेन्द्र झा, डा. गरिव दास ठाकुर, बिनय यादव छन भने समानुपातिक तर्फ नरेन्द्र झा र अनिता शर्मा छन ।
'ख' मा बिर्जु महतो, अशोक साह, दिलिप पाण्डे प्रत्यक्षतर्फ र बलराम सर्मा, घरुव मिश्र, नागेन्द्र यादव, निनु कर्णलाई समानुपातिकतर्फ सिफारिस गरिएको छ ।
क्षेत्र न.४ मा भने प्रतिनिधिसभाको प्रत्यक्षतर्फ महेन्द्र रायको एकल नाम सिफारिस भएको छ । समानुपातिकतर्फ पनि महेन्द्र कुमार राय नै र संगीता मण्डलको नाम सिफरिस गरिएको काङ्ग्रेस महोत्तरीले जानकारी दियो ।
प्रदेशसभाको 'क' मा प्रत्यक्षतर्फ नरेन्द्र यादव, श्याम यादव, ख तर्फ दिपान्शु सिंह, राजाराम यादव र प्रेमचन्द्र यादव गरि ५ जनाको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ बिन्देस्वर यादव, डा. अशोक यादव 'क'मा र 'ख' तर्फ ललन कुमार सिंह र लिला कुमारी यादवको नाम सिफारिस भएको छ ।
जिल्लाले सिफारिस गरेर पठाएका नामहरुमाथी प्रदेशले छिट्टै टुंग्याएर केन्द्रमा पठाउने प्रक्रिया रहेको कांग्रेस जिल्ला सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण