बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निर्देशक तिर्थ थापा प्रतिनिधि सभाको उम्मेदवारमा सिफरिस

मङ्गलबार, २१ भदौ २०७९, १३ : ३५
मङ्गलबार, २१ भदौ २०७९

फिल्म निर्देशक तथा कलाकार तिर्थ थापा ४ मंसिरमा हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

उनी नेपाली कांग्रेसबाट लमजुङबाट प्रतिनिधि सभाका सदस्यका लागि एक नम्बरमा सिफारिस भएका हुन् । थापा स्थापना समयदेखि नै कांग्रेस निकट नेपाल सांस्कृतिक संघका अध्यक्ष हुन् ।

कांग्रेस निकट कलाकर्मीलाई एक ढिक्का पार्ने काममा थापाको महत्वपुर्ण योगदान रहेको छ । थापाले अञ्जुली लगायत थुप्रै चलचित्र, टेलिचलचित्र लगायत निर्देशन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप