अमेरिकी अभिनेताको सम्झनामा नेपालको दसैँ
अमेरिकी टेलिभिजन सिरिज द स्टोरी अफ गडको सुटिङका तस्बिर पोस्ट गर्दै अमेरिकाका चर्चित अभिनेता मोर्गन फ्रिम्यानले नेपालको दसैँलाई सम्झेका छन् ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा पिङ खेलेको र काल भैरवसहितको चारवटा तस्बिर पोस्ट गर्दै स्टोरी अफ गड सिरिजको सुटिङका लागि काठमाडौँको भ्रमणलाई कहिल्यै बिर्सन नसक्ने पनि बताएका छन् । उनले लेखेका छन्, ‘स्टोरी अफ गडको सुटिङका लागि काठमाडौँ गएको थियो । म यो क्षण कहिल्यै पनि बिर्सन सक्दिनँ । दसैँको परम्परामा पूर्ण रुपमा डुब्दा मलाई जति पनि माया देखाइयो त्यसका लागिसमेत म कृतज्ञ छु ।’
यसका साथै उनले दसैँ के हो भनेर पनि अर्को ट्वीटमा बताएका छन् । उनले लेखेका छन्, ‘दसैँ भनेको दानवी शक्तिमाथिको विजयमात्रै होइन । यो हामीभित्र सिर्जित लडाईंहरुलाई स्वीकार गर्दै संसारका सबै असल कुराहरुलाई स्वागत गर्नका लागि आफ्नो आत्मालाई स्वतन्त्र पार्नु पनि हो ।’
स्मरण रहोस्, फ्रिम्यानले पोस्ट गरेका तस्बिरहरु केही वर्ष पुराना हुन् । नेशनल जियोग्राफिक च्यानलका लागि टिभी सिरिज – द स्टोरी अफ गडको सुटिङका लागि उनी सन् २०१८ मा काठमाडौँ आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण